सरकारको कामप्रति मन्त्री नै असन्तुष्ट
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाको कामप्रति मन्त्रीहरु नै असन्तुष्ट देखिएका छन् । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् ।
काँग्रेसको प्रतिनिधित्व गरेर सरकारमा सामेल मन्त्रीहरुको छ महिने कार्य प्रगति विवरणबारे जानकारी लिन सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा मन्त्रीहरुले सोचेजस्तो काम गर्न नसकिएको ब्रिफिङ गरेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयले सोचेअनुसारको काममा तीब्रता दिन नस…