समाचार

अदालतमा मुध्दा विचाराधीन, खेलकुदमा बैठक

युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबीचको विवाद कानुन उल्लंघनसम्मको तहमा पुगेको छ । ओलम्पिक कमिटीको निर्वाचनमा उठेको विवादका कारण रुष्ट देखिएका खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा कमिटीविरुद्ध अदालतमा विचाराधीन मुद्दाउपर छलफल गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि बैठक डाकेको छ ।  मन्त्री चौधरी अध्यक्ष रहेको राखेप बैठकमा ओलम्पिक कमिटीको निर्वाचन र निर्वाचनमा सहभागी संघसंगठनवारे छलफल हुने बुुझिएको छ । अदालतमा विचाराधीन मुद्दामा छलफल गर्नु कान…

Page 564 of 2013