खेलकुदको मिति नतोके सडकमा जाने चेतावनी
नेकपा एकीकृत समाजवादीनिकट नेपाल खेलकुद महासंघ समाजवादीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना मिति तत्काल तोक्न माग गरेको छ ।
जेठमा हुने भनिएको प्रतियोगिता नाटकीय ढंगले पुनः स्थगित गरिएको भन्दै महासंघले तत्काल मिति नतोके आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
महासंघका अध्यक्ष अर्जुनभक्त राई र महासचिव अनिलकुमार रिजालद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारबाट विनियोजित बजेटलाई सुनियोजित रुपमा रक…