बाहिर सरकार परिवर्तनको चर्चा,भित्र नियुक्ति र भागबण्डाको सल्लाह

बाहिर सरकार परिवर्तनको चर्चा,भित्र नियुक्ति र भागबण्डाको सल्लाह फाइल फाेटाे

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । केही दिनयता सरकारको आयुलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको पृष्ठभूमिमा दुई शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टाभन्दा बढी समय सम्वाद भएको बुझिएको छ । 

भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघिदेखि सरकार परिवर्तनबारे दिएको अभिव्यक्तिउपर कुराकानी केन्द्रित भएको एकथरीको विश्लेषण छ । सत्ता सञ्चालनबारे छलफल गर्न यसअघि दुई दलबीच गठित संयन्त्रको बैठक राख्न उहाँहरुले अनुमति दिनुभएको बालुवाटार स्रोतको दाबी छ । 

तर, आजको मुख्य कुरो नेपाल प्रहरीमा लामो समयदेखि पूर्ति हुन बाँकी आधा दर्जन र सशस्त्र प्रहरी बलमा आजैदेखि रिक्त एउटा एआइजी पदमा नियुक्ति रहेको काँग्रेस स्रोतले बताएको छ । त्यसैगरी, राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत,निर्वाचन आयोगमा अर्को साता रिक्त हुने मुख्य निर्वाचन आयुक्त र त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्त हुने पात्रबारे छलफल भएको काँग्रेस नेताहरुको दाबी छ ।

टिप्पणीहरू