एआईजीको बिदाइसँगै नियुक्तिको चर्चा
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी) गौतम आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशअघि आजै हेडक्वार्टरमा बिदाइको औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।
२०५२ वैशाख ३ गते नेपाल प्रहरीमा प्रवेश गरेका गौतम आजसम्म सीमा सुरक्षा विभाग प्रमुखको जिम्मेवारीमा छन् । २०७९ बैशाखमा राजु अर्याल र नारायणदत्त पौडेलसँगै उनी पनि आइजिपीको मुख्य प्रतिस्पर्धी थिए । तर अर्याल आइजिपीमा नियुक्त भएपछि गौतम एआईजीमै सीमित भएका हुन् ।
उनको अवकाशपछि रिक्त हुने पदपूर्तिका लागि डिआईजीहरु कमल गिरी, कुलबहादुर नेम्वाङ, गणेश ठाडामगर र शम्भु सुवेदी मुख्यप्रतिस्पर्धी हुन् ।
टिप्पणीहरू