सस्तो टिकटका कारण सम्माननीय घण्टौं अलपत्र

सस्तो टिकटका कारण सम्माननीय घण्टौं अलपत्र

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ दिउँसो पौने २ बजे नेपाल वायुसेवा निगमको उडानमा काठमाडौंबाट त्यता जाने कार्यक्रम थियो । तर निगमको विमान झण्डै दुई घण्टापछि भर्खरै नयाँ दिल्लीतर्फ उडेको छ ।

अध्यक्ष दाहाल श्रीमतीको उपचारका सिलसिलामा त्यता जानुभएको बुझिएको छ । उहाँ नियमित रुपमा दिल्ली जाउआउ गरिरहनुहुन्छ । क्यान्सर पीडित बिरामी र उनका सहयोगीलाई निगमले उडानमा छुट दिएको छ ।

आजै एकजना भारतीय बाबा काठमाडौंबाट बेलायत गएका छन् । पत्रीदास बाबा बिहान कुवेत एअरवेजको उडानमा कुवेत सिटी हुँदै लण्डन गएको बताइएको छ ।

टिप्पणीहरू