भारतीयहरु बैंककबाट काठमाडौंमा गाँजा ल्याउने धन्दामा सक्रिय

भारतीयहरु बैंककबाट काठमाडौंमा गाँजा ल्याउने धन्दामा सक्रिय

भारतीय नागरिकले थाइल्याण्डको राजधानीबाट काठमाडौंमा गाँजा ल्याउने क्रम बढेको छ । पछिल्लो समयको उक्त प्रवृत्ति गएराति पनि देखिएको छ ।

थाई एअरवेजको राति साढे १० बजे काठमाडौं आइपुगेको उडान नम्बर टिजी ३०९ को उडानमा रहेका भारतीय नागरिक विशाक विजय छ किलो गाँजासहित पक्राउ परेका छन् । राहदानी नम्बर ०४३०२९६ का उनले लगेजमा हालेर ल्याएको गाँजा भन्सार प्रक्रिया पूरा भएपछि सादा पोशाकका प्रहरीले फेला पारेको बताइन्छ । 

उनलाई आवश्यक कारबाहीको निम्ति राति नै गाँजासहित प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ । पछिल्लो पटक एक जना भारतीय नागरिक बैंककबाट गत बिहीबार राति गाँजा ल्याउने क्रममा फन्दामा परेका थिए । उनको लगेजमा १० केजी गाँजा भेटिएको थियो । 

इरफान अहमद बसिरको लगेजमा उक्त गाँजा चकलेट र चाउचाउको प्याकेटमा हालेर ल्याइएको थियो । त्यसअघि चैत १४ र १६ गते बैंककबाट आएका भारतीयहरुले पनि गाँजा ल्याएका थिए । १४ गते दुई जनाले २० केजी र दुई दिनपछि आएका दुई जनाले पनि छ केजी गाँजा ल्याएका थिए । ती सबै थाइ एअरवेजकै उडानमा आएका हुन् ।

टिप्पणीहरू