खड्ग केसीलाई उपकुलपतिको जिम्मा

खड्ग केसीलाई उपकुलपतिको जिम्मा

शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसीलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिइएको छ । 

उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कुलपति तथा प्रधानमन्त्री केपी ओलीले अर्को व्यवस्था नहुञ्जेलसम्म केसीलाई निमित्त तोकेका हुन् । प्रा.डा. केसीले प्रधानमन्त्री ओलीको औपचारिक पत्रसमेत प्राप्त गरिसकेको र भोलिबाटै कार्यभार सम्हाल्ने बताइएको छ ।

वर्तमान उपकुलपति बरालको सिफारिसमा तत्कालीन कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केसीलाई रेक्टर नियुक्त गरेका थिए । जापानबाट पिएचडी गरेका उनी विभिन्न विश्वविद्यालयको भिजिटिङ प्रोफेसरसमेत हुन् । 

प्रधानमन्त्री ओलीको दबाब सहन नसकेर बरालले १५ चैतमा राजीनामा दिएका थिए ।

टिप्पणीहरू