मुख्यमन्त्री बन्न इच्छुक ‘डार्लिङग’ लाई आफ्नैबाट धोका
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनाव लड्ने तयारी सकाए पनि प्रदेशमा प्रतिस्पर्धा गर्न बाध्य भएका काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याललाई आफ्नैबाट ठूलो धोका मिलेको छ ।
काँग्रेस वृत्तमा मात्र नभएर विराटनगबासीमाझ ‘डार्लिङग’ उपनामले चिनिएका संस्थापन पक्षका उनलाई आफ्नै भनिएकाहरुले जिल्लाइदिएका हुन् । मोरङ ५ (२) बाट निर्वाचित सांसद अर्यालले संस्थापन पक्षका सांसदहरुको बहुमत भए पनि संसदीय दलको नेतामा शर्मनाक हार ब्यहोरे…