दुई वटा बैंकका मारवाडी लगानीकर्ता केन्द्रीय बैंकमा हुरुरु

दुई वटा बैंकका मारवाडी लगानीकर्ता केन्द्रीय बैंकमा हुरुरु

लक्ष्मी बैंक र सनराइज बैंकका झण्डै एक दर्जन लगानीकर्ता नेपाल राष्ट्र बैंक पुगेका छन् । हिजो साँझ उनीहरुले केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरको उपस्थितिमा आफ्ना कुरा राखेका छन् । 

लक्ष्मी र सनराइज बैंक मर्जरको बारेमा छलफल गर्न उनीहरु बालुवाटार गएका हुन् । मर्जर कमिटीले गरेको पछिल्ला निर्णय सुनाउन मारवाडी लगानीकर्ताहरु बालुवाटार पुगेको बताइन्छ । 

लक्ष्मी बैंकका सबैभन्दा धेरै लगानीकर्ताको रुपमा रहेका राजेन्द्र खेतानसहित सनराइजका सिईओ सुमन शर्मालगायतले गभर्नरलाई कुरो सुनाएका थिए । राजेन्द्रको प्रमोटरभन्दा पब्लिक सेयर बढी रहेको बैंक स्रोतले बताएको छ । पछिल्ला दिनमा राजेन्द्र बाहिरी दुनियाँबाट प्रत्यक्ष रुपमा टाढा रहँदै आएका छन् ।

टिप्पणीहरू