कम्बोडियामा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

कम्बोडियामा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापा बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा निराकार पाण्डेको पनि मुत्यु भएको छ।

थाइल्याण्डको सिमाना पोइपेटस्थित कम्बोडियाको उक्त क्यासिनोमा आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको बताइएको छ। अन्य ५० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

टिप्पणीहरू