शहरभित्र

नेम्वाङको सपना

देशबाट वंशाणुगत राजतन्त्र हटे पनि इलाममा भने त्यो कायमै रहेको देखियो । आखिर चुनावमा कमरेड सुभाष नेम्वाङकै वंशले जितेर देखायो । विजेता युवराज सुहाङ नेम्वाङलाई बधाई ! अब उहाँ चुनावअघिको प्रतिबद्धताअनुरूप बुबा सुभाष नेम्वाङको सपना पूरा गर्नतिर लाग्नुहुन्छ होला । उहाँले चुनाव अघिका सबैजसो अन्तर्वार्तामा भन्नुभएको थियो– म बुबाको सपना पूरा गर्न लाग्नेछु ।  तर प्रश्न छ– कमरेड सुभाष नेम्वाङको सपनाचाहिँ के हो त ? सुभाष नेम्वाङले के सपना देख्नुभएको थियो ? उ…