जापानी विदेशमन्त्री शीतल निवासमा

जापानी विदेशमन्त्री शीतल निवासमा

जापानी विदेशमन्त्री कामिकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ भेटवार्ता भएको हो । 

भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वाससिलो विकास साझेदारको रुपमा रहेको बताउनुभएको छ । 

उहाँले नेपाल र जापानबीच आगामी दिनमा पनि आर्थिक सहयोगलगायत सहकार्यका अन्य क्षेत्र थप विस्तार हुनेसमेत विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू