रात्रिबसका यात्रुको अण्डरवेयरभित्र ब्राउनसुगर
इलाममा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । माई नगरपालिका–३, चियाकमानबाट ब्राउनसुगरसहित प्रहरीले स्थानीय २५ वर्षीय सुदीपकुमार दनुवारलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले आज बिहान चियाकमानबाट उनलाई २ ग्राम ३२० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।
यता काठमाडौंको चन्द्रागिरीमा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट झापाका ३० वर्षीय सन्तोष तिवहारी …