तैपनि छल्न छाडिएन हामीलाई तारन्तार
छिट्टै नेपालले दोस्रो ठूलो सर्वाेच्च पदमा नयाँ व्यक्ति पाउँदै छ अर्थात् उपराष्ट्रपति निर्वाचित हुँदै छन् । दौडमा तीन जना छन् । दलका स्वार्थ जोडिएका छन् । जनतालाई एक किसिमले उल्लु बनाउने काम हुँदैछ । यो वीचमा निर्वाचन आयोगले एक पटक नागरिकलाई उल्लु बनाइसकेको छ । उसले उपराष्ट्रपति मनोनयनको दिन एउटा सूचना निकाल्यो । त्यसले दलहरूलाई केही हच्काएको जस्तो पनि गरेको थियो । सूचनाको आशय थियो उपराष्ट्रपतिमा पुरुष उम्मेदवार नस्विकार्ने । तर, त्यो कुरा एक दिन पनि टिकेन, अर्थात आयोगले उपराष्ट्…