राष्ट्रपति र उपराष्ट्रपति मन्दिर दर्शनमा व्यस्त

राष्ट्रपति र उपराष्ट्रपति मन्दिर दर्शनमा व्यस्त

राष्ट्रपति रामचन्द्र पौडेलले गोरखकाली मन्दिरमा पूजापाठ गर्नुभएको छ । उहाँ आज बिहान सेनाको हेलिकोप्टरमा गोरखा पुगेर गोरखकाली मन्दिरको पूजापाठ गर्नुभएको हो । 

आजै बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि गृहजिल्ला बारा पुग्नुभएको छ । उहाँ नियमित उडानमा काठमाडौंबाट सिमरा जानुभएको बताइएको छ । उहाँको उडान काठमाडौं विमानस्थलमा आधा घण्टा ढिलो भएको थियो । गृह जिल्ला पुगेपछि उहाँको भव्य स्वागत गरिएको खबर छ । राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव नयाँ जिम्मेवारीमा पुगेपछि पहिलो पटक राजधानी बाहिर जानुभएको हो ।

 

राष्ट्रपतिलाई गोरखामा र उपराष्ट्रपति यादवलाई बारामा स्वागत गरिएको हो । उपराष्ट्रपतिको स्वागतमा सिमरा विमानस्थलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, काँग्रेस मधेस प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवलगायत मन्त्री, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रदेश प्रमुखहरु पुगेका थिए । 

राष्ट्रपति पौडेल आजै राजधानी फर्कनुभएको छ । उपराष्ट्रपति भोलि मात्रै काठमाडौं फर्कने कार्यक्रम छ । उहाँले प्रदेशका गढीमाई, कंकाली मन्दिरमा पूजापाठ गर्नुहुने बताइएको छ । त्यसैगरी जिल्लाका विभिन्न निकाय र संघ संस्थाले उहाँलाई सम्मान गर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू