उपराष्ट्रपतिमा जसपाले रामसहाय प्रसाद यादवलाई उठाउने

उपराष्ट्रपतिमा जसपाले रामसहाय प्रसाद यादवलाई उठाउने

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको भर्खरै बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सांसद तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

जसपाको उम्मेदवारलाई सत्ता गठबन्धनका अन्य सात दलले समर्थन गर्ने यसअघि नै निर्णय भइसेको छ । उपराष्ट्रपतिको चुनाव आगामी चैत ३ गते हुँदैछ ।

टिप्पणीहरू