उपप्रधानमन्त्री हेलिकोप्टरमा, उपराष्ट्रपति नियमित उडानमा

उपप्रधानमन्त्री हेलिकोप्टरमा, उपराष्ट्रपति नियमित उडानमा

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज पनि गृह जिल्ला जान लाग्नुभएको छ । उहाँ दिउँसो साढे ३ जबे सिमरा जाने कार्यक्रम रहेको बताइएको छ । 

‘उपराष्ट्रपति दिउँसो साढे ३ बजे बुद्ध एअरको उडानमा सिमरा गएर भोलि बेलुकी ५ बजे फर्कनुहुनेछ,’ उपराष्ट्रपति कार्यालय स्रोतले भन्यो । उहाँ अघिल्लो साता उपराष्ट्रपति पदको शपथ र पदभार ग्रहणपछि पनि गृह जिल्ला जानुभएको थियो । 

आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज दिउँसो राजधानी नजिकैको काभ्रेपलाञ्चोक जिल्ला जाने कार्यक्रम तय भएको छ । उहाँ एयर डाईनेष्टिको हेलिकोप्टरमा साढे १ बजे त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू