मध्यान्ह बौद्ध पुग्नुभएका उपराष्ट्रपति केहीबेरमा पानीपोखरी जाँदै

मध्यान्ह बौद्ध पुग्नुभएका उपराष्ट्रपति केहीबेरमा पानीपोखरी जाँदै

उपराष्ट्रपति राम सहाय प्रसाद यादव आज मध्यान्ह बौद्धस्थित होटल हायात पुग्नुभएको छ । उहाँ फ्रान्सेली राजदूतावासले आयोजना गरेको फ्रान्सको राष्ट्रिय दिवसमा प्रमुख आतिथ्यको निम्ति त्यहाँ जानुभएको हो ।

फ्रान्सले आज ‘बास्टिलले डे’ मनाउँदैछ । फ्रान्सेली क्रान्तिको सम्झनामा उक्त कार्यक्रमलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको हो । कार्यक्रममा विभिन्न मुलुकका राजदूत, सरकारी उच्चपदस्थ अधिकारी, सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 

आजै उपराष्ट्रपति यादव पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालय जाँदै हुनुहुन्छ । उहाँ आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागिताको निम्ति साढे ३ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू