राजधानीमा छठ पर्वको रौनक (फोटो फिचर)

राजधानीमा छठ पर्वको रौनक (फोटो फिचर)
सुन्नुहोस्

छठ पर्वको अवसरमा आज अपरान्ह अस्ताउँदो सूर्यको पूजा गरिएको छ ।  तराई र मधेशका अधिकांश जिल्लामा मनाइने यो पर्व राजाधानीका वि विभिन्न नदी तथा पोखरीमा पनि मनाइएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति राम सहाय प्रसाद यादवले राजधानीका विभिन्न छठ घाटबाट अस्ताउँदो सूर्यको पूजा गर्नुभएको छ ।

राष्ट्रपति पौडेल पहिले गौरीघाट पुगेर छठ पर्वमा सहभागी हुनुभएको हो । त्यसपछि राजधानीको कमलपोखरी पुगेर साढे ४ बजे अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएको थियो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव सानेपास्थित राजतीर्थस्थलमा बनाइएको छठघाट पुगेर पछि कमलपोखरी जानुभएको हो । हेरौं आज अपरान्ह र साँझ काठमाडौंका गौरीघाट लगायतका स्थानमा मनाइएको छठ पर्वको दृश्य :

टिप्पणीहरू