जनआस्थासँग फेरि हारे विनोद चौधरी
आस्था प्रकाशनविरुद्ध दायर गरेको मुद्दामा डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको छैठौंपटक हार भएको छ । उच्च अदालत,पाटनको आजको फैसलासँगै चौधरीले छैठौंपटक हार व्यहोर्नुपरेको हो । जनआस्थामा २०७७ जेठ २४ देखि असोज २१ गतेसम्म प्रकाशित १० वटा समाचारको विषयलाई लिएर चौधरी ग्रुप प्रेस काउन्सिल,नेपाल गएको थियो ।
मिडियामाथि नियमन र कारबाही गर्ने एक मात्र निकाय प्रेस काउन्सिलले खण्डन लेखी आस्था प्रकाशनलाई पठाउन भनेकोमा चौधरी ग्रुपले अटेर गर्दै ललितपुर जिल्ला अदालतम…