सिंगापुर गएका विनोद चौधरी नयाँ दिल्ली हुँदै फिर्ता
विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरी नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका छन् । इण्डिगो एअरको उडान नम्बर ६ई ११५३ मा आएका चौधरी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
उनी भदौ २५ गते राति सिंगापुर गएका थिए । सोही उडानमा काँग्रेस नेतृ,सभासद् तथा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा पनि सिंगापुर हुँदै जापानको टोकियो गएकी थिइन् ।
मनिला गएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि चौधरी र राणासँगै सिंगापुर एअरलाइन्सको उक्त उडानको बिजनेस क्लासमा थिए ।
टिप्पणीहरू