क्रिप्टोकरेन्सीको पक्षमा बोलेपछि विनोद चौधरी विदेश उडे
डलर अर्बपति तथा नेपाली काँग्रेस सांसद विनोद चौधरी भारत गएका छन् । उनी आज दिउँसो काठमाडौंबाट मुम्बई उडेका हुन् ।
चौधरी इण्डिगो एअरको उडान नम्बर ६ ई ११५८ मा दिउँसो साढे ३ बजे त्यता गएको बताईएको छ । दुई दिनअघि संसद बैठकमा प्रतिबन्धित क्रिप्टोकरेन्सी फुकुवा गर्नुपर्ने, त्यसबाट वैदेशिक लगानी ओइरिने र मुुलुकको व्यापार घाटा कम हुने बेतुकको भाषण गरेर आज मुम्बई हानिएका छन् ।
कानुन निर्माण गर्ने थलोमा विशेषगरी संसद अधिवेशन भइरहँदा अत्यावश्यक बाहेक मुलुक बाहिर जान नहुने मान्यता विपरित चौधरी पनि आफ्नो व्यवसाय विस्तारमा अन्यत्र गइरहन्छन् । उनीजस्तै एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि एकाध सातामा विदेश उडिरहन्छन् ।
टिप्पणीहरू