विदेशमा पाँचतारे होटल, स्वदेशमा अकबरे खुर्सानी

विदेशमा पाँचतारे होटल, स्वदेशमा अकबरे खुर्सानी

पाल्पामा खुर्सानी खेती गर्ने विनोद चौधरीको सामाजिक सञ्जालमार्फत किसानहरुले खोइरो खनेका छन् । विदेशमा करोडौं डलर लगानी गरेर महँगो होटल खोल्ने, नेपालमा भने खुर्सानी रोपेर किसानको भाग खोस्ने ? किसानहरुको आरोप छ । 

चौधरीले पाल्पाको पाँच सय रोपनीमा अकबरे खुर्सानीको खेती गरेको फोटो र समाचार व्यापक सेयर गरेसङ्गै सर्वसाधारणले रोष प्रकट गरेका हुन् । उनले तयारी चाउचाउको प्याकेटमा राखिने पिरो खुर्सानीको धुलोको निम्ति उक्त खेती थालिएको बताएका छन् । 

नेपालमा खुर्सानी रोपेर बेच्नु,पैसाचाहिँ उतै इण्डिया तिरै राख्नु । यहाँ त चोर्छन् नेताज्यूहरुले । नेपालमा कमाउने, इण्डियामा थुपार्ने । नेपालमा चोर्ने,स्वीस बैंकमा जम्मा गर्ने अनि देशलाई कंगाल भिखारी बनाउने । अनि जनता जति सबै खाडीमा लखेट्ने पारा,अब बुझ्नु जनता सारा ।’

तर केशु घिमिरेले उक्त हर्कतको व्याख्या गर्दै चौधरीलाई धमिराको संज्ञा दिएका छन् । उनी लेख्छन्, ‘विदेशमा होटल,नेपालमा खुर्सानी ? यो चौधरी पनि नेपालको लागी धमिरा नै हो ।’

मोहन शर्मा फुयालले अनुदान झ्याप पार्न खेतीको नाटक गरेको उल्लेख गरेका छन् । भन्छन्, ‘अनुदान झ्याम्म पार्ने मेलोमेसो त होला नि नत्र व्यापारीले किसान कर्म गर्नुको रहस्य केही त होला नै ।’

घरजग्गा व्यवसायमा लगानी गर्दै आएको सिजी ग्रुुपको आगामी व्यवसायबारे आशंका गर्दै उक्त जग्गामा पछि हाउजिङ बन्न सक्ने बताइएको छ । प्रवेश राजभण्डारी उक्त आशंकासहित लेख्छन्, ‘५ वर्षपछि त्यहाँ हाउजिङ बन्छ ।’

रामचन्द्र खनालले ‘के पो नाप्यो भनेको, त्यस्तो पो रहेछ’ भनेर व्यंग्य गरेका छन् । भारत र विदेशमा पैसा थुपार्ने गरेकोबारे आशंका गर्नेमा सुवर्ण तामाङ घलान पनि छन् । उनले लामो कमेन्ट लेखेर उक्त आशंका गरेका हुन् । 

लेख्छन्, ‘बधाइ छ बिनोद चौधरीलाई । नेपालमा खुर्सानी रोपेर बेच्नु,पैसाचाहिँ उतै इण्डिया तिरै राख्नु । यहाँ त चोर्छन् नेताज्यूहरुले । नेपालमा कमाउने, इण्डियामा थुपार्ने । नेपालमा चोर्ने,स्वीस बैंकमा जम्मा गर्ने अनि देशलाई कंगाल भिखारी बनाउने । अनि जनता जति सबै खाडीमा लखेट्ने पारा,अब बुझ्नु जनता सारा ।’

टिप्पणीहरू