पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी

पेट्रोलियम पदार्थको भाउ बढाउने तयारी

भारतबाट इन्धनको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढ्ने संकेत गरेको छ । भारतबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ८९ पैसाले बढेको निगमको दाबी छ ।

अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ५०, डिजेल र मट्टीतेल १ सय ३३ र हवाई इन्धन १ सय ३६ रुपैयाँ छ ।तर भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार भाउ बढाउँदा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुग्ने समाचार सम्प्रेषण गर्नु भाउ बढाउने तयारी भएको सजिलै आकलन गर्न सकिन्छ ।

टिप्पणीहरू