आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा समुद्घाटन

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा समुद्घाटन

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा. लि ले २ वटा शाखा समुद्धाटन गरेको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिका स्थित सोरुमको एक कार्यक्रमबीच समुद्धाटन गरिएको हो । यस सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

शाखाको समुद्धाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्धाटन गरिएको हो ।

उद्धाटन सत्रमा संक्षिप्त मन्तव्य दिँदै ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख श्री तन्मय मित्रले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराउनु भयो ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ । समुद्घाटन गरीएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा पनि दिदै आएको कम्पनीले जनाएको छ ।

टिप्पणीहरू