मधेशका मुख्य न्यायाधिवक्ता पदमुक्त
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनलाई पदमुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मधेश प्रदेशका माननीय प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम मिति २०८१–०८–२१ गतेदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गर्नुभएको छ ।’
महतोलाई ०८१ जेठ ३१ गते तत्कालिन मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

टिप्पणीहरू