सस्तोमा आकर्षक स्यामसुङ ग्यालेक्सी ए०३ कोर

सस्तोमा आकर्षक स्यामसुङ ग्यालेक्सी ए०३ कोर

१० हजारमा रुपैयाँमा एउटा राम्रो फोन किन्न सम्भव छ ? जवाफ आउँछ, ‘छैन’ । तर, अहिले स्यामसुङ ग्यालेक्सी ए०३ कोर बजारमा पाउन सकिने सबैभन्दा सस्तो स्यामसुङ फोन बनेको छ । यो अहिले बजारमा १० हजार रुपैयाँमा किन्न सकिन्छ ।

१० हजार रुपैयाँमा राम्रो फोन किन्न सम्भव हुँदैन भनेर निराश भएका लागि यो अत्यन्त खुशीको खबर हो । आकर्षक बनोट, २ जिबी मेमोरीको र्याम, ३२ जिबी स्टोरेज, शक्तिशाली क्यामरा, लामो समयसम्म टिक्ने ब्याट्री र एचडी तथा एलसीडी स्क्रिन भएको उक्त मोबाइलको मूल्य जम्मा ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

स्यामसुङ ग्यालेक्सी ए०३ कोर सबैभन्दा सस्तो स्मार्टफोन भएको बताइएको छ । जुन लामो समयदेखि बजारमा उपलब्ध छ ।

टिप्पणीहरू