एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ५ वर्षसम्म ८४ लाखसम्मको बीमा

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ५ वर्षसम्म ८४ लाखसम्मको बीमा

नेपालको बैंकिङ्ग क्षेत्रको विकास र विस्तारसँगै आमनागरिकको बैंकिङ्ग पहुँच पनि वृद्धि हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता पोर्टलको २०७८ साल मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नेपालभरि कुल ३ करोड ३२ लाख ३५ हजार ५ सय १७ बचत खाता खुलेका छन् । यो जनसंख्याको अनुपातमा १ सय १० प्रतिशत पहुँच (प्यानिट्रेसन) हो । यद्यपि सक्रिय बैंक खाताको अनुपात भने ९१ प्रतिशत मात्र रहेको छ । कुल बचत खातामध्ये २ करोड ४८ लाख २३ हजार ७ सय २६ खाता रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंककै अर्को तथ्यांकअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूमा २०७८ मंसिर मसान्तसम्म कुल ३ करोड ४२ लाख ६१ हजार ८१० निक्षेप खाता खुलेकोमा त्यसको ३१.५९ प्रतिशतमात्र बचत खाता रहेका छन् ।

आम नागरिकमा बचतको बानी विकास गराउनका लागि बढीभन्दा बढी बचत खाता खोल्नु पर्ने र त्यसलाई सक्रिय तुल्याउन बचतकर्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि सर्वसाधारणलाई बचतसँगै आकर्षक ब्याजदर अहिलेको प्रमुख आकर्षण हो । तर बढिरहेको बजार विस्तारमा बचतकर्तालाई आकर्षित गर्न ब्याजदर मात्र होइन अन्य आकर्षण हुन पनि जरुरी भइसकेको छ । यही टड्कारो आवश्यकतालाई ध्यानमा राखेर नेपालको अग्रणी वाणिज्य बैंक एनआईसी एसिया बैंक लिमिटेडले थप र परिस्कृत सुविधाहरूसहित ‘सर्वश्रेष्ठ बचत खाता’ लाई बचतकर्ताहरू माझ अगाडि सारेको छ । हाल सञ्चालनमा रहेका निक्षेपका योजनाहरूमध्ये निकै भिन्न र आकर्षक यो बचत योजनामा बचतकर्ताहरूले पाँच वर्ष अवधिको लागि बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

ग्राहकलाई अधिकतम बीमा फाइदा उपलब्ध गराउनका लागि बैंकले खातावाला र खातावालाबाट मनोनीत ३ अन्य व्यक्तिको समेत बीमा सुविधाको व्यवस्था गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजनाको ‘गुडविल एम्बेसडर’ श्रेणीको खातावालालगायत उसले मनोनीत गरेका अन्य तीन व्यक्तिलाई बैंकले खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा उपलब्ध गराएको छ । यो निक्षेप योजनाअनुरुप खातावालाबाट मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपभोग गर्नको लागि उक्त बैंकमा बचत खाता अनिवार्य रुपमा खोल्नु पर्ने हुन्छ । यस्तो बचत खाता शून्य मौज्दातमै खोल्न सकिने व्यवस्था बैंकले गरेको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २०७५ चैत २० गतेदेखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म मुलुकभरका ६ सय ८३ जनाभन्दा बढी ग्राहकलाई बीमा वापत ३ करोड ९७ लाख रुपैयाँभन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ ।

मुलुकभर सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याजदरसहित बीमासम्बन्धी तीन सर्वश्रेष्ठ फाइदा, कर्जासम्बन्धी तीन सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको ‘सर्वश्रेष्ठ बचत खाता’ २०७८ कार्तिक १ देखि ल्याएको योजना हो । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले बताएको छ । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाका साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदालाई पाँच वर्षको अवधिसम्म विस्तार गरेको छ ।

क्र.सं. विवरण फाइदा
डेबिट कार्ड पाँच वर्षको लागि निःशुल्क
मोबाइल बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क
इन्टरनेट बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क
वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षको लागि निःशुल्क
क्रेडिट कार्ड सीमा अधिकतम रू. ५ लाखसम्म
क्रेडिट कार्ड जारी शुल्क निःशुल्क
क्रेडिट कार्ड वार्षिक शुल्क निःशुल्क
प्रिपेड डलर कार्ड पाँच वर्षको लागि निःशुल्क
डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क
१० चेक क्लियरिङ पाँच वर्षको लागि निःशुल्क
११ RTGS पाँच वर्षको लागि निःशुल्क
१२ IPS/CPS/Fund Transfer पाँच वर्षको लागि निःशुल्क
१३ लकर दस्तुर/लकर मार्जिन पाँच वर्षको लागि निःशुल्क/१०० प्रतिशत मिनाहा
१४ Portfolio Management सेवा शुल्क पाँच वर्षको लागि ५० प्रतिशत छुट
१५ ई–कमर्श निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क
१६ स्विप इन–स्विप आउट सुविधा खातामा २ लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।
१७ एटीएम शुल्क देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क
१८ विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही २५ पैसा Premium वा Rebate

यस निक्षेप योजनाअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, RTGS, IPS/CPS,  लकर मार्जिन, लकर सेवा र एटिएम सेवा पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क छन् । थपिएका सबै थप सुविधा/फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोली सकेका ग्राहकलेसमेत थप अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने बैंकले जानकारी दिएको छ । बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीको लागि एनआईसी  एसिया बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाएर समेत जानकारी लिन सकिने बैंकले बताएको छ ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनालाई सोहीअनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने बैंकको नीति तथा रणनीतिअनुरुप बैंकले थप सुविधा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन् । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३ सय ५८ शाखा कार्यालय, ४ सय ७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

टिप्पणीहरू