जताततै वर्षा, नदीको जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

जताततै वर्षा, नदीको जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

गएरातिदेखि मुलुकका धेरै भागमा वर्षा भइरहेको छ । रातिदेखि काठमाडौं उपत्यका, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, दाङ, कपिलवस्तु, प्युठान, बर्दिया, कैलालीलगायत जिल्लामा लगातार पानी परेकाले सावधानी अपनाउन सल्लाह दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा 
पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २४९.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै बिहानको केही घण्टामा चितवनको देवघाट क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । देवघाटमा एक घण्टामा २८.४ मिलिमिटर वर्षा भएको रेकर्ड मापन गरिएको छ ।

पश्चिमको कर्णाली नदीका साथै दाङका राप्ती र बबईमा बाढी आउनसक्ने खतरा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज बिहानदेखि दाङ पश्चिमका भूभागमा ठूलो वर्षा भइरहेको छ ।
 

टिप्पणीहरू