आज भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

आज भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

आज मुलुकभर बदली हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारीदेखि वर्षा हुने अनुमान गरेको हो । 

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको अनुमान छ । 

महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्नेतर्फ पनि महाशाखाले सतर्क गराएको छ ।
 

टिप्पणीहरू