जताततै वर्षा : काठमाडौंभन्दा जनकपुर चिसो !

जताततै वर्षा : काठमाडौंभन्दा जनकपुर चिसो  !

गएरातिदेखि मुलुकका अधिकांश भूभागमा पानी परेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ । आज दिनभर झरी पर्ने अनुमान गरिएको छ ।

आजदेखि सोमबारसम्म एकाध स्थानबाहेक सातै प्रदेशका अधिकांश भूभागमा वर्षा हुने महाशाखाले जनाएको छ । नेपालमा यो वर्षको मनसुन जेठ ३१ गतेदेखि पूर्वी भागमा सक्रिय भएको हो । हिजोदेखि मुलुकभर फैलिएको छ ।

लगातारको वर्षाका कारण मध्य तराईको तापक्रम अघिल्लो साताको तुलनामा कम भएको छ । जनकपुरमा आज अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियस अनुमान गरिएको छ । राजधानी काठमाडौंको तापक्रम आज दिउँसो २९ देखि ३१ डिग्री सेल्सियस हुने बताइएको छ ।
 

टिप्पणीहरू