भारतीय राजधानीमा भीषण वर्षा, यमुना नदीको जल सतह ४५ वर्ष यताकै उच्च

भारतीय राजधानीमा भीषण वर्षा, यमुना नदीको जल सतह ४५ वर्ष यताकै उच्च

लगातारको वर्षापछि भारतको राजधानी नयाँ दिल्ली जलमग्न भएको छ । स्थानीय यमुना नदीको जलस्तर पछिल्लो ४५ वर्ष यताकै उच्च तहमा पुगेपछि नयाँ दिल्ली जलमग्न भएको बताइएको छ ।

गत शनिबारदेखि परेको लगातारको वर्षासँग हरियाणा राज्यले हथिनीकुण्ड बाँधको ढोका खोलेपछि यमुना नदीको जलस्तर नसोचेको विन्दुमा पुगेको हो ।

नयाँ दिल्ली डुबानमा परेपछि मुख्यमन्त्री केजरीवालले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै हथिनीकुण्ड बाँधको ढोका सीमित मात्र खोल्न आग्रह गरेका छन् । उनले हरियाणा राज्यको उक्त कार्यमा हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।

तर, उक्त कुण्डमा पनि सीमित स्थान भएकाले प्राकृतिक रुपमा पानी बाहिरिएको सरकारी अधिकारीहरुले बताएका छन् । 

यमुना नदी आसपासका दशौं हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नयाँ दिल्लीसहित उत्तर भारतमा लगातारको वर्षाका कारण बाढी र पहिरोमा परेर हालसम्म तीन दर्जनको संख्यामा सर्वसाधारणको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू