आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज मुलुकभर बदली हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षा हुने अनुमान गरेको हो । 

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेको छ । 

सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्नेतर्फ पनि महाशाखाले सतर्क गराएको छ । त्यस्तै, भोलि पनि मुलुकभर बदली हुने र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । 

महाशाखाले शुक्रबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको अनुमान गरेको छ ।

टिप्पणीहरू