उत्तरी भारतमा भीषण वर्षा, आजदेखि नेपालमा पनि ठूलो वर्षाको सम्भावना

उत्तरी भारतमा भीषण वर्षा, आजदेखि नेपालमा पनि ठूलो वर्षाको सम्भावना

भारतका उत्तरी धेरै वटा राज्यमा भीषण वर्षा भएको छ । पछिल्लो तीनदेखि परेको वर्षाका कारण राजधानी नयाँ दिल्ली, उत्तराखण्ड, हरियाणा, पञ्जाब, हिमाचल, जम्मू तथा कश्मीर, बिहार, पश्चिम बंगाललगायत राज्यको जनजीवन प्रभावित भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले राजधानी दिल्लीमा विगत चार दशकमा सबैभन्दा भीषण वर्षा भएको जनाएका छन् । राजधानी भएर बग्ने यमुना नदीको जलस्तर निकै माथी पुगेको बताइएको छ । दिल्लीका धेरैजसो होचो स्थान जलमग्न भएका छन् । 

भीषण वर्षाका कारण अधिकांश राज्यका विद्यालयहरु बन्द गरिएको छ । हिमाचल प्रदेशमा एउटा पुल बगेको छ । बाढी प्रभावित राज्यका रेल र सडक यातायात अवरुद्ध भएको बताइएको छ । जुलाई महिनामा उत्तरी भारतमा औसतभन्दा बढी र दक्षिणी राज्यहरुमा कम वर्षा भएको छ ।

यता, नेपालका धेरैजसो भूभागमा पनि भारी वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी रेखा भारतबाट नेपालतर्फ सरेको छ । यसकारण आजदेखि सबैजसो भूभागमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
 

टिप्पणीहरू