नवलपरासीको देउरालीमा मुसलधारे वर्षा, स्याङ्जा र रुपन्देहीमा पनि उस्तै

नवलपरासीको देउरालीमा मुसलधारे वर्षा, स्याङ्जा र रुपन्देहीमा पनि उस्तै

हिजोदेखि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा लगातार वर्षा भएको छ । पछिल्लो २४ घण्टामा पूर्वी नवलपरासी देउरालीमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विभागका अनुसार को विनयत्रिवेणी–५ देउरालीमा २ सय ९ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ । उता, स्याङ्जाको कुमालगाउँमा १ सय ५१ मिलिमिटर र रुपन्देहीको तिलोत्तममा १ सय ३० दशमलव ४ मिलिमिटर वर्षा भएको छ । 

वरपरका पाल्पा, अर्घाखाँचीलगायत जिल्लामा पनि लगातार वर्षा भएको छ । वर्षाका कारण सो क्षेत्रका राजमार्ग र पहाडी सडकमा पहिरो गएको छ । खहरे खोलाहरुमा बाढी आएको बताइएको छ

टिप्पणीहरू