दिउँसो पश्चिममा, राति मध्य भागमा ठूलो वर्षाको सम्भावना

दिउँसो पश्चिममा, राति मध्य भागमा ठूलो वर्षाको सम्भावना

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । गण्डकी र लुम्बिनीका केही स्थानमा हिजोदेखि लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन मुलुकको पश्चिम भागमा सक्रिय भएको छ । राति कोशी, मधेस, र बागमतीमा पनि वर्षा हुने सम्भावना छ । 

भोलि र पर्सि मुलुकका अधिकांश भूभागमा वर्षा हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । असार पहिलो साता कोशी प्रदेशका पहाडी जिल्लामा देखिएको बाढी पहिरोको प्रकोप अहिले लुम्बिनी प्रदेशमा देखिएको हो ।

टिप्पणीहरू