सिटिजन्स बैंकका ग्राहकलाई होटल हिमालयन भिल्लामा ५० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई होटल हिमालयन भिल्लामा ५० प्रतिशत छुट

सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच समझदारी भएको छ । सिटिजन्स बैंकका कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारी भएको बैंकले जनाएको छ ।

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरी आफ्ना कार्डबाहको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले गरेको छ ।

टिप्पणीहरू