सरकार टिक्ने साह्रै गजबको सूत्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनिदिन हप्ताको एक पटक खबर पठाउने गरेको कांग्रेस महामन्त्री गगन थापाको दाबीले अघिल्लो साता राष्ट्रिय राजनीति तरङ्गित भयो ।
कीर्तिपुरको चुनावी सभामा उनले कांग्रेस–एमाले समीकरण टुटाउन प्रचण्डले आफ्ना सभापतिलाई प्रधानमन्त्री अफर गरेको बताएका थिए । सत्ता परिवर्तनका भित्री खेलहरु सामान्यतयाः नेताहरुले सार्वजनिक मञ्चबाट खुलासा गर्दैनन् । हस्ताक्षर गर्नुअघिसम्म पनि सकभर लुकाउने प्रयास गरिन्छ । असार १७ गते मध्य…