श्रीलंकाले हामीलाई के दियो सन्देश ?
श्रीलंकामा वामपन्थीहरूको शानदार विजय भएको छ । गत सेप्टेम्बरमा मात्र वामपन्थी नेता अनुरा कुमारा दिसानायकेलाई राष्ट्रपति चुनेका त्यहाँका जनताले दुर्ई महिना नबित्दै संसदमा पनि दुर्ई तिहाइ सिट जिताएर वामपन्थीलाई सबैभन्दा सशक्त शक्तिको रूपमा स्थापित गरिदिएका छन् ।
प्रजातान्त्रिक निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित अनुरा दक्षिण एशियाकै प्रथम कम्युनिष्ट नेता हुन् भने दुई–दुई पटक सरकारविरुद्ध सशस्त्र विद्रोह गरिसकेको कम्युनिष्ट दल जनता विमुक्ति पेरामुना (जेभिपी) सरकार विश्वको त्यो …