बुद्धलाई चिन्ने को छ विद्वान् ?
दुई दशकअघि ‘मधुपर्क’ साहित्यिक मासिक पत्रिकामा गौतम बुद्धले काखमा एक बालक लिएर बसेको आवरणपृष्ठ छापिएपछि केही बौद्ध धर्मावलम्बी गोरखापत्र संस्थान घेर्न पुगेका थिए । बुद्धले त्यसरी बालबच्चा स्याहारे वा पालेर बसेका कहाँ थिए, राजगृह त्याग गरी बुद्ध बनेका मानिसलाई घरगृहस्थी गर्ने मान्छेजस्तो किन देखाइयो भन्ने तिनको तर्क थियो ।
साहित्यकार घनश्याम राजकर्णिकारले ‘बुद्धको सम्झना–कल्याणको कामना’ (प्र.रिना राजकर्णिकार, २०३९) शीर्षकमा बुद्ध र बौद्धधर्म दर्शनबारे …