जब टकटक बज्न थाल्यो जुत्ता
फरक विचार र भिन्न संस्कार बोकेका दलहरू एक हुन थालेका छन् । त्यहाँ पनि पोर्टपोलियो (मर्यादाक्रम) को लफडा छ । तर, अब एक हुँदा त्यसको व्यवस्थापन हुनु जरुरी छ वा छैन ? शनिबार पहिलोचोटि एमाले र माओवादीको संयुक्त संसदीय दलको बैठक बस्यो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा । यो एउटा उदाहरण हो । मञ्चमा थिए, पूर्वसभामुखको हैसियतले सुवाष नेम्वाङ र ओनसरी घर्ती । दुई पार्टीका अध्यक्षको हैसियतमा बसेका थिए, केपी ओली र प्रचण्ड । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी र …