एमालेलाई झड्का दिने यस्तो छ अंकगणित
प्रदेश सभाको अन्तिम मतपरिणामले सरकार गठनमा सबैतिर एमालेलाई झड्का हान्ने अवस्था देखिएको छ । एमाले प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ठूलो दल त बनेको छ तर सरकार बनाउन बहुमत भने पुग्दैन । मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामअनुसार कांग्रेस बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो दल बन्न सफल भएको छ । कूल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा उसले प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेको छ । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपा…