काखी च्याप्ने मन्त्रीका कर्तुत
स्वास्थ्यमन्त्री भएपछि मोहनबहादुर बस्नेतले मन्त्रालय सुधारको प्रयास गरेको देखाउन खोजेका छन् । तर मन्त्रालय सुधार भन्दा पनि निकटहरूलाई व्यवस्थापनमा मन्त्रीले नियम पनि बिर्सेर काम गरिरहेको भन्दै मन्त्रालयका उच्च तहका कर्मचारीहरूको असन्तुष्टि चुलिँदो छ ।
पछिल्लो समय राख्नुपर्नेलाई हटाउने र हटाउनुपर्नेलाई राख्ने काममा स्वयम् मन्त्री बस्नेत नै लागेको भन्दा कर्मचारीहरू काम गर्न नसकिएको सुनाउन थालेका छन् । कांग्रेस नेता मोहन बस्नेतलाई कसरी सम्झाउने, कुन नेताले भनेको मान्लान् भनेर कर्मचार…