ओलीको असामान्य अभिमान
पद–प्रतिष्ठा प्राप्त भइसक्दा मानिसमा अभिमान जाग्छ । यो सामान्य कुरा हो । प्रभुता प्राप्त गर्नासाथ व्यक्तिमा अभिमान आउँछ नै । प्रभुता प्राप्त हुँदा पनि मद नआउने मानिस अहिलेसम्म धर्तीमा जन्मिएकै छैन । कसैले आफ्नो विनम्रताका कारण, शिष्टताका कारण अभिमानलाई लुकाउँछन् । कसैले अभिनयद्वारा अभिमान लुकाउँछन्, कसैले चाहिँ छताछुल्ल हुने गरी प्रकट गरिदिन्छन् । पदमा पुगेपछि हरेकमा अभिमान त जाग्छ नै । यो अहिले कलियुगमा मात्रै होइन, अनादिकालदेखिकै प्रचलन हो । पृथ्वीमा रहेका मानिसमा मात्रै…