सेनाको हेलिकप्टर रातारात भारततिर
घर जान लागेका र नयाँ बन्न लागेका सेनापतिबीच संक्रमणकालको चेपुवामा विचौलियाहरुले नेपाली सेनाको एउटा हेलिकप्टर आरए–५७ मर्मत गर्ने भन्दै फुकालफाकाल पारेर रातारात भारत पुर्याएका छन् ।
सो हेलिकप्टर मर्मत गर्ने अख्तियारी र लाइसेन्स नै नभएको कम्पनीलाई यसको जिम्मेवारी दिएर वीरगञ्ज भन्सार नाका हुँदै मुम्बई पठाइएको स्रोतको दावी छ । मर्मतको ठेक्का लिएको भारतीय कम्पनी भोल्गा इन्टरनेशनल एजेन्सीको लाइसेन्स नवीकरण नभएका कारण छलछाम गरी एकैरात वीरगञ्ज हुँदै सीमाना कटाइएको सो…