चुनावहरूको अर्कै चटारो
राष्ट्रपतिका लागि फागुन २५ र उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव भएपछि देशले फेरि एक वर्षपछि १८ जनालाई निर्वाचन गराउने गरी चुनाव झेल्दै छ । त्यो हो, राष्ट्रियसभा निर्वाचन ।
त्यसो त रवि लामिछानेको उम्मेदवारी बदरपछि रिक्त रहेको चितवन– २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । यदि, अहिले चर्चामै रहेका व्यक्तिहरू राष्ट्रपति र उपराष्ट्रपति भए भने तिनका रिक्त हुने निर्वाचन क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन गराउने मनस्थितिमा निर्वाचन आयोग छ । कांग्रेसले शेरबहादुर देउ…