बालुवाटारबाट एमाले अध्यक्ष बाहिरिएलगत्तै कांग्रेसको टोली प्रवेश

बालुवाटारबाट एमाले अध्यक्ष बाहिरिएलगत्तै कांग्रेसको टोली प्रवेश

माओवादी केन्द्रको समर्थन लिएर आफूले प्रस्ताव गरेको उम्मेदवारलाई राष्ट्रपति बनाउन कुदाकुद गरिरहेका नेपाली काँग्रेस र एमालेका नेताहरु आज पालैपालो बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएलगत्तै काँग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार छिरेका हुन् । 

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुग्नुभएका ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिल्न नसकेको बताइएको छ । झन्डै दुई घण्टा लामो छलफलले निष्कर्ष निकाल्न नसकेपछि ओली भर्खरै त्यहाँबाट बाहिरिनुभएको हो । 

यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले शुरुमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र लगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्नुभएको थियो । त्यसपछि बालुवाटारमै माओवादी, समाजवादी र जस्पाका शीर्ष नेताहरुको बैठक बसेको थियो । 

तीन दलको बैठकलगत्तै काँग्रेससहितको बैठक चार घण्टा चलेको थियो । उक्त बैठकमा तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरुबीच समझदारी जुटेपनि राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने सहमति नबनेको बताइएको छ । चार दलका नेताहरु अहिले फेरी बस्दैछन् ।  

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

टिप्पणीहरू