सहमतीय राष्ट्रपति चयनमा देशी–विदेशी चलखेल : देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन आफ्नो पार्टी तयार नहुने अडान दोहोर्याएका छन् । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने पार्टीको निर्णयको व्याख्या गर्दै उनले विगतका राष्ट्रपतिले दलीय आस्थाका आधारमा असंवैधानिक कदम चालेकाले यसपटक सबै सचेत हुनुपर्ने पनि बताए ।
आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पूर्वराष्ट्रपति रामवरण यादवले प्रधानसेनापति हटाउने तत्कालीन सरकारको निर्…