भारतीय राजदूत बालकोटमा : सन्दर्भ ‘बर्थडे’, प्रसंग राष्ट्रपति निर्वाचन

भारतीय राजदूत बालकोटमा : सन्दर्भ ‘बर्थडे’, प्रसंग राष्ट्रपति निर्वाचन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिन भारतीय राजदूत ओली निवास बालकोट पुगेका छन् । राजदूत नवीन श्रीवास्तव आज ‘बर्थडे विस’ गर्न बालकोट गएको बताइएको छ । 

अध्यक्ष ओली र राजदूत श्रीवास्तवबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । ‘उहाँहरुबीच वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको हो,’ अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । 

सोही क्रममा भारतीय राजदूतले राष्ट्रपति निर्वाचन र त्यसका उम्मेदवार बारेमा चासो लिएको स्रोतको दाबी छ । यसअघि चिनियाँ राजदूतले पनि बालकोटसहित प्रधानमन्त्री निवास र कोटेश्वरस्थित नेपाल निवास पुगेर भेटघाट गरिसकेका छन् ।

टिप्पणीहरू